२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पाँचथरमा रंगशाला निर्माणको काम अलपत्र


403
Shares

पाँचथर । पाँचथरको फिदिममा रहेको एक मात्र रंगशाला निर्माणको काम अलपत्र परेको छ ।

जसका कारण खेलकुदको साना ठूला कुनै पनि गतिविधि हुन सकेको छैन् । यो खेल मैदान अहिले चरिचरनको क्षेत्र बनेको छ।अहिलेसम्म आयोजनाको भौतिक प्रगति ४०.४२ प्रतिशत र वित्तीय प्रगति ३१.६९ प्रतिशत मात्रै रहेकाे छ ।

पाँचथरको सदरमुकाम फिदिममा रहेको एक मात्र रंगशाला निर्माणको काम अलपत्र परेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) काे लगानीमा २०७७ साल माघ २६ गते पि.ए. किरातेश्वर मैनाचुली जेभी काठमाडाैं १० करोड ७९ लाख ८७ हजार रुपैयाँमा रंगशाला निर्माण गर्ने आयोजनाको जिम्मा लिएको थियो ।

अढाई वर्षमा योजनाको काम सक्ने लक्ष्य लिएपनि कोभिडको कारण देखाउँदै गत २०७९ साल असार मसान्तमा १ वर्ष समय थपिएको थियो । थपिएको अवधिको ६ महिना बितिसक्दा पनि कामको गति शून्य रहेकाे छ ।

काम गरेको समयमा रकम नपाइने, काम गर्दा भौतिक संरचना हटाउन असहज भएका कारण ढिलाइ भएको पि.एस.किरातेश्वर मैनाचुली जे.भी.काठमान्डौँका सञ्चालक सुरेश काफ्ले बताएका छन् ।३ वर्षअघि खचाखच दर्शकसहित फुटबल प्रतियोगिता भएको फिदिम खेलमैदान अहिले चरिचरन क्षेत्रमा परिणत भएको छ ।

खेल मैदान विस्तारका क्रममा थुपारिएको माटोका कारण खेल मैदान परिषदमा झाडी पलाएको छ । यहि खेल मैदानमा १० वर्ष अघिदेखि फाल्गुनन्द गोल्डकप, पछिल्लो ४ वर्ष यता पाँचथर गोल्डकप हुँदै थियो । तर कोरोना कहरका कारण १ वर्ष रोकिएको प्रतियोगिता त्यस यता खेल मैदानको विस्तारमा भएको ढिलाइले रोकिएका छन् ।

अहिलेसम्म आयोजनाको भौतिक प्रगति ४०.४२ प्रतिशत र वित्तीय प्रगति ३१.६९ प्रतिशत मात्रै भएको राखेपका साइट इन्चार्ज तथा जिल्ला खेलकुद विकास समिति पाँचथरका सचिव दिश्यान्त बस्नेतले बताएका छन् । रंगशाला निर्माण हुन नसक्दा जिल्लामा हुने ठूलाठूला प्रतियोगिताहरु सबै रोकिएका छन् । जसका कारण सदरमुकाम फिदिम बजार तथा समग्र जिल्लाकै आर्थिक कारोबारमा समेत समस्या भएको छ ।

निर्माण व्यवसायी, राखेप तथा अन्य सरोकारवाला निकायहरुबीच समन्वय र सहकार्य गर्दै चाडो रंगशाला बन्नेमा जिल्लावासी आशावादी रहेका छन् ।