१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपति-उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको निर्वाचनकाे तयारी थाल्न प्रधानमन्त्री दाहालको आग्रह


247
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपतिकाे निर्वाचनकाे आवश्यक प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गर्नुभएकाे छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा उहाँले यस्ताे बताउनुभएकाे हाे । साथै रिक्त रहेको राष्ट्रिय सभा सदस्यको लागि समेत निर्वाचनकाे प्रक्रिया अघि बढाउन आयोगका पदाधिकारीलाई उहाँले आग्रह गर्नुभएकाे हाे ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि राजनीतिक दलहरुबीच छलफल गर्ने र एउटा निष्कर्षमा पुग्ने प्रधानमन्त्री दाहालको सचिवालय जनाएकाे छ ।