
काठमाडौं । ललितपुरको कुपन्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीले ३१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ ।
खड्गी इन्स्टिच्युटले मिर्गौला पत्थरी र प्रोस्टेटको समस्या भएका ३१ जना विपन्न बिरामीको निःशुल्क शल्यक्रिया गरेको हो । इन्स्टिच्युटले आरुस लाइफस्टाइल अस्पताल तथा रेड क्रसन्ट सोसाइटी अफ कुवेतसँगको सहकार्यमा तीन दिने निःशुल्क शल्यक्रिया शिविर सम्पन्न गरेको हो।
यही पौष १४, १५ र १६ गते तीन दिनसम्म चलेको सो शिविरबाट २५ जना मिर्गौलामा पत्थरी भएका र ६ जना प्रोस्टेटको समस्या भएका विपन्न बिरामीको निःशुल्क शल्यक्रिया गरिएको इन्स्टिच्युटले जनाएको छ ।
उक्त शिविरमा २५ वर्षदेखि ८१ वर्षसम्मका बिरामीले निःशुल्क शल्यक्रिया सेवा लिएका थिए । औषधि तथा बेडचार्ज पनि निःशुल्क गरिएको र शल्यक्रियामा प्रयोग गरिएका प्रविधिहरु पनि अत्याधुनिक रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्