
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिनु हुने भएको छ ।
प्रतिनिधिसभाको पहिलो बैठक बसेको भोलिपल्ट दाहालले विश्वासको मत लिन लाग्नुभएको हो । आम निर्वाचन २०७९ पछि प्रतिनिधि सभको पहिलो बैठक पुस २५ गते बस्दैछ । प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई पत्र लेखेर विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइदिन अनुरोध गर्नुभएको हो ।
दाहालले २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन महासचिवलाई आग्रह गर्नुभएको हो । दाहाल पुस १० गते ७ दलको समर्थनमा प्रधानमन्त्री बन्नुभएको थियो । पुस ११ गते दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ गर्नुभएको थियो । गठबन्धन सरकारले संसदबाट सरकार गठन भएको १ महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्