२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


विश्वमा आर्थिक मन्दी छाउने चेतावनी


2.236k
Shares

काठमाडाैं । अन्तर्राष्ट्रिय मुद्रा कोषले यो वर्ष विश्वको एक तिहाइ अर्थतन्त्रले मन्दीको सामना गर्ने चेतावनी दिएको छ ।

कोषका प्रमुख क्रिस्टालिना जर्जिएभाले अमेरिका, युरोपेली युनियन र चीनको अर्थतन्त्रमा आएको मन्दीका कारण सन् २०२३ अघिल्लो वर्षभन्दा कठिन हुने चेतावनी दिनुभएको हो ।

युक्रेनमा जारी युद्ध, तीव्र गतिमा बढिरहेको महंगी, उच्च ब्याजदर र चीनमा कोरोनाको फैलावटले विश्व अर्थतन्त्रमा मन्दी छाउने क्रिस्टालिनाको भनाई छ ।

युक्रेन युद्ध र विश्वका देशमा बढ्दो ब्याजदरका कारण आईएमएफले गत वर्ष अक्टोबरमा सन् २०२३ को अर्थतन्त्रको वृद्धिदर प्रक्षेपण पनि घटाएको थियो । आइएमएफ १ सय ९० सदस्य राष्ट्रको संगठन हो ।