
काठमाडौं । पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाइनल खेलमा मंगलबार मनाङ मर्स्याङ्दी क्लब र अमेरिकाको भुटनीज युथ एस.सी.बीच प्रतिस्पर्धा हुनेछ ।
विजेताले सेमिफाइनलमा चर्च ब्वाइजको सामना गर्नेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजेबाट सुरु हुने आयोजक साहरा क्लब पोखराले जनाएको छ ।
प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा उपाधि दावेदार मच्छिन्द्र क्लबलाई हराँउदै चर्च ब्वाइज सेमिफाइनलमा पुगेको हो ।
प्रतियोगिताको अर्को सेमिफाइनल खेलमा संकटा क्लब र सशस्त्र प्रहरी बलको एपिएफ टिम भिड्नेछन् ।
सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ ले पराजित गर्दै संकटा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्