२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


ब्रेन्टफोर्डद्वारा लिभरपुल पराजित


455
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले लिभरपुललाई पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा ब्रेन्टफोर्डले लिभरपुललाई ३–१ ले पराजित गरेको हो ।

आफ्नै मैदानमा भएको खेलमा ब्रेन्टफोर्डलाई विजयी गराउन याओने विसा र ब्रायन एम्बोम्बोले एक एक गोल गरे । एक गोल आत्मघाति गोल उपहार पाएको थियो । पराजित टोली लिभरपुलका लागि भने अक्सलेड चेम्बरलीनले एक गोल फर्काए ।

खेलको १९ औं मिनेटमा लिभरपुलका इब्राहिमा कोनाटेले आत्मघाती गोल गरेपछि ब्रेन्टफोर्डले अग्रता बनाएको थियो । ४२ औं मिनेटमा याओने विसाले गोल गर्दै ब्रेन्टफोर्डको अग्रता दोब्बर बनाए । ५० औं मिनेटमा चेम्बरलीनले गोल गर्दै लिभरपुललाई २–१ को स्थितिमा ल्याए । त्यसपछि ८४ औं मिनेटमा एम्बोम्बोले गोल गर्दै ब्रेन्टफोर्डलाई ३–१ को जित दिलाए ।

यो जितपछि ब्रेन्टफोर्ड प्रिमियर लिगको अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । १८ खेलबाट उसको २६ अंक भएको छ । १७ खेलबाट २८ अंक जोडेको लिभरपुल छैटौं स्थानमा छ । अंक तालिकामा १६ खेलबाट ४३ अंक जोडेको आर्सनल शिर्ष स्थानमा रहँदा ३६ अंकसहित म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहेको छ ।