१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


प्रधानमन्त्री प्रचण्डले आज कर्मचारीहरूलाई निर्देशनात्मक सम्बोधन गर्ने

'सुशासन र चुस्त सेवा प्रवाहमा ध्यान केन्द्रीत गर्न निर्देशन दिने'

403
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन सन्दर्भमा मंगलबार कर्मचारीहरुलाई विशेष सम्बोधन गर्ने हुनुभएको छ ।

प्रधानमन्त्री बनेपछि पहिलो पटक सचिवहरुसँग छलफल गर्नुभएका प्रधानमन्त्री प्रचण्डले मंगलबार थप सचिवहरू तथा विभागीय प्रमुखहरूका कुरा सुनेपछि निर्देशनात्मक सम्बोधन गर्नु हुने भएको हो ।

प्रधानमन्त्री प्रचण्डको सम्बोधन चुस्त सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण र नागरिकका गुनासोको तत्काल सम्बोधनमा केन्द्रीत हुने बुझिएको छ ।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले सुशासन र नागरिकलाई सरल रुपमा सेवा प्रदान गर्ने काममा केन्द्रीत हुने बताउँदै आउनु भएको छ । विशेष गरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्र वितरण लगायतका कामका लागि नागरिकले भोग्नुपरेको सास्तीलाई तत्काल सम्बोधन गर्ने निर्णय मन्त्रिपरिषदको पहिलो बैठकबाट गरिएको थियो ।

सोमबार भएको छलफलमा सचिवहरूले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेका थिए ।