२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


सिन्धुलीमा कन्दमूल बीउ संरक्षण अभियान सुरू


39
Shares

सिन्धुली । सिन्धुलीमा कन्दमूल तरकारी विकास केन्द्रमा बहुउपयोगी कन्दमूल बीउ संरक्षण अभियान संचालन गरिएको छ।

सिन्धुलीमाडीमा रहेकाे कन्दमूल तरकारी विकास केन्द्रमा करिब १ हेक्टर क्षेत्रफलमा भने विभिन्न खाले कन्दमूलको गुणस्तरीय बीउको संरक्षण गर्ने लक्ष्य राखिएको हो । उत्पादित गुणस्तरीय कन्दमूललाई किसानहरूलाई बीउको रुपमा वितरण गर्ने जनाइएकोे छ ।

विभिन्न किसिमका भिटामिन र पाैष्टिक तत्व पिडालु, ओल सखरखण्ड, भुईस्याउ र सिमल तरूल लगायतका कन्दमूल मानव स्वास्थ्यका लागि हितकारी हुने गरेको छ । साेही केन्द्रमा कन्दमूलहरुको वीउ संरक्षण अभियानका साथ साथै खेती विकासका काम काजहरु समेत संचालन भएका छन् ।

यस तरकारी केन्द्रले आगामी दिनहरुमा मानिसले खान हुने देश तथा विदेशमा पाइने कन्दमूलहरुको बीउ संकलन र खेती विस्तार गर्ने समेत लक्ष्य लिएको छ ।