
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक मंगलबार पनि बस्दैछ ।
पोलिटब्युरो सदस्यहरुले सुझाव दिने काम नसकिएकाले मंगलबार पनि बैठक बस्न लागेको हो ।
बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा वामपन्थी शक्तिसँग एकता, सरकारमा सहभागी हुने नहुने विषयमा नेताहरूले आफ्नो धारणा राखिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्