
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को राजनीतिक समितिको बैठक पुस २४ गते बस्ने भएको छ ।
पार्टीको आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल तथा निर्णय गर्न बैठक बस्न लागेको हो ।
नेसपाभित्र माओवादीसँग एकता गरेर जानुपर्ने आवाजसमेत उठ्ने गरेको छ । यस विषयमा नेसपा र माओवादीका नेताहरूबीच छलफल पनि भइरहेको छ ।
गत मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा नेपाल समाजवादी पार्टीका उम्मेदवार माओवादी केन्द्रको चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका थिए । पार्टीका नेता महिन्द्र राय यादव मात्र प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्