
काठमाडौं । गायक पुष्प डि आरको स्वरमा रहेको ‘म तिमीलाई‘ गीतको भिडियो सार्वजनिक भएको छ ।
गीत हिमालयन म्युजिक एकेडेमी युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।
अमेरिकामा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय रुपमा क्रियाशिल पुष्प गजमेरको शब्द , संगीत तथा एरेन्जमा गीत तयार गरिएको छ ।
गीतमा प्रेमी, प्रेमिका बीचको भावनात्मक प्रेमका सम्वादहरुलाई समावेश गरिएको छ ।
जिवन पराजुलीको छायाँकन, भद्र जंग कुँवरको सम्पादन तथा जयेन्द्र कुँवरको निर्देशन भिडियोमा रहेको छ । गीतकाे भिडियाेमा गायक पुष्प र मोडल नग्मा श्रेष्ठको फिचरिङ्ग रहेका छन् ।
भिडियाे :
प्रतिक्रिया दिनुहोस्