
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा आज मंगलबार रमेश लेखक नियुक्त हुनुभएको छ ।
कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले लेखकलाई कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (१) बमोजिम संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो ।
लेखक कञ्चनपुर क्षेत्र नम्बर–३ बाट प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्