
काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यद्वय प्रेम आले राईले पद तथा गोपनियताको शपथ लिएका छन् ।
मंगलबार सिंहदबारस्थित संघीय संसद सचिवालयमा प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले आले र राईलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । गत पुस ७ गते प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहणमा आले र राई शपथ लिन छुटेका थिए ।
आले पारिवारिक शोक र राई अस्पताल भर्ना भएकाले पुस ७ गते शपथ लिन छुटेका थिए । नेकपा एकीकृत समाजवादीका तर्फबाट आले डोटीबाट निर्वाचित हुनुभएको थियो । राई नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्