२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


उपरथी प्रेम शाही सैनिक प्रहरीको नियन्त्रणमा


2.197k
Shares

काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक अनुशासन विपरीत काम गरेको अरोपमा सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

सैनिक मुख्यालय जंगी अड्डाले उपरथी शाहीलाई संगठन विपरीत गतिविधि गरेको आरोपमा मंगलबार नियन्त्रणमा लिएर सैनिक प्रहरीको हिरासतमा राखेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

उमेर हदका कारण शाही बुधबारदेखि अनिवार्य अवकासमा जाँदैहुनुहुन्छ । शाहीले सेनाबाट अवकासको पत्र पनि बुझिसक्नुभएको छ । उहाँले २०२३ सालको जन्ममिति कायम गर्न रिट हालेपछि सर्वोच्च अदालतले तत्काल अवकाशमा जान नहुने भन्दै अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चको आदेशपछि शाही मंगलबार नियमित कामको लागि जंगी अड्डा पुगेलगत्तै सैनिक प्रहरीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।