
काठमाडौं । भारतमा अग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा राति एक युवतीलाई कारले घिसारेर मारेको घटनाकाे विरुद्ध भारत भररी प्रदर्शन भएको छ ।
राजधानी नयाँ दिल्ली लगायत शहरहरुमा गरिएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले कयौं सेल अश्रुग्यास समेत प्रहार गरेकाे हाे । यहि पुस १६ गते राति १ बजे घर फर्कंदै गर्दा युवती चढेको स्कुटरलाई एउटा कारले ठक्कर दिएको थियो । ठक्कर दिएपछि युवतीलाई ११ किलोमिटरसम्म घिसारेको सीसीटिभी भिडियोमा देखिएको छ ।
करिब १ घन्टासम्म युवतीको लास सडकमा घिस्रिएको अवस्थाामा रहेको भिडियो सार्वजनिक भएपछि सिंगो भारत स्तब्ध भएको छ । नयाँ वर्षको स्वागतका लागि हुने कार्यक्रमहरुमा घटना हुन नदिन हजारौं प्रहरी दिल्लीका सडकमा तैनाथ गरिएको अवस्थामा भएको यस घटनाको सर्वत्र विरोध भएको छ । कारका चालक सहित सो कारमा सवार ५ जनालाई प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाईएको छ ।
प्रदर्शकारीहरुले पक्राउ परेकाहरुविरुद्ध हदैसम्मको कारबाहीको माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्