२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


न्युकासलसँग आर्सनल बराबरीमा रोकियो


247
Shares

काठमाडौं । शीर्ष स्थानको आर्सनल इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा न्युकासलसँग बराबरीमा रोकिएको छ ।

आर्सनलले न्युकासलसँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा लिग लिडर आर्सनलले शीर्षस्थानमा अंकदुरी बढाउने अवसरबाट चुकेको छ ।

घरेलु मैदानमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा आर्सनल बराबरीमा रोकिनु परेको हो ।

बराबरीसँगै शिर्ष स्थानको आर्सनलको १७ खेलबाट ४४ अंक पुगेको छ भने त्यस्तै १७ खेलबाट ३५ अंक जोडेको न्युकासल तेस्रो स्थानमा छ ।