
काठमाडौं । पोखरामा जारी २२ औं आहा रारा गोल्डकप फुटबलको पहिलो सेमिफाइनलमा बुधबार विभागीय टोली एपीएफ क्लब र संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
पोखरा रंगशालामा दुई टोलीबीचको खेल दिउँसो २ बजेबाट सुरू हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।
साविक विजेता एपीएफ र संकटा बुधबारको खेल जित्दै प्रतियोगिताको फाइनल पुग्ने योजनामा हुनेछन् ।
एपीएफले धरान फुटबल क्लबलाई तथा संकटाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई हराएर सेमिफाइनल यात्रा तय गरेका हुन् ।
दोस्रो सेमिफाइनल बिहीबार हुने छ । दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र अमेरिकाको भुटनीज युथ एस.सी.बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्