८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


माओवादीमै फर्किए लुम्बिनी प्रदेश सभाका स्वतन्त्र सांसद दीपेन्द्र पुनमगर


598
Shares

काठमाडौं । स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएका दीपेन्द्र कुमार पुनमगर (सिजल) नेकपा माओवादी केन्द्रमा फर्किनु भएको छ ।

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बिहान दीपेन्द्रलाई पार्टी प्रवेश गराउनु भएको हो । दीपेन्द्रलाई प्रचण्डले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा खादा लगाइदिएर स्वागत गर्नु भएको हो ।

रोल्पाको प्रदेश सभा क्षेत्र नम्बर २ मा कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गठबन्धनबाट टिकट पाएपछि उहाँ स्वतन्त्र उम्मेदवार बन्नु भएको थियो ।

दोस्रोपटक प्रदेशसभा सदस्य निर्वाचित भएका दीपेन्द्रको प्रवेशसँगै लुम्बिनी प्रदेशसभामा माओवादीको सांसद संख्या १० पुगेको छ ।