७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सिन्धुलीको कमलाखोंचमा हात्तीको आतंक, स्थानीयवासी चिन्तित


117
Shares

सिन्धुली । प्रदेश-१ को उदयपुरबाट चुरे भावर क्षेत्र हुँदै सिन्धुलीको कमलाखोंच प्रवेश गरेका जंगली हात्तीको झुण्डले स्थानीय साधरणहरूको घर भत्काउन थालेका छन् ।

जंगली हात्तीको झुण्डले दूधौली नगरपालिका-११ काे मुसहर बस्तीमा घर भत्काएर आतंक मच्चाएको स्थानीय दिनेश सापकोटाले बताउनुभएकाे हाे । ३ देखि ४ वटाको संख्यामा रहेका जंगली हात्तीको झुण्डले सर्वसाधरणहरुको धान अन्न र केरा खेती समेत नोक्सान गरेको दूधौली नगरपालिका जनप्रतिनिधिहरुले बताएका छन् । सोही स्थानमा लामो समयदेखि अगावै कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने जंगली हात्तिले घर भत्काउने क्रम जारी रहेको छ ।

रातको समयमा चुरे पहाड जंगलबाट आउने जंगली हात्तीको झुण्डबाट सुरक्षित रहन डिभिजन वन कार्यालय सिन्धुलीले कमलाखोंच क्षेत्रमा उर्दी समेत जारी गरेको छ । ३-४ वटाको संख्यामा रहेका जंगली हात्तीको झुण्डका कारण वर्षेनी धनजनको नोक्सानी भइरहदा समेत डिभिजन वन कार्यालय लगायतका सरकारी सम्बन्धित निकायले दिगो रुपमा व्यवस्थापन गर्न नसक्दा स्थानीय वासीन्दाहरु पीडित बन्दै आएका छन् ।

कमलाखोंच क्षेत्रमा जंंगली हात्तीले स्थानीयहरुको घर नोक्सान गर्नुका साथै धान, मकै र केरा मेवा र आँप लगायतका अन्नबाली र फलहरुको नोक्सान गर्दै आएपछि स्थानीय किसानहरु चिन्तामा परेका छन् । सिन्धुलीको कमलाखोंच क्षेत्रमा जंगली हात्तीका आक्रमणबाट हालसम्म डेढ दर्जन मानिहसहरुले अकालमै ज्यान गुमाएका छन् । जसका कारण हजारौं हेक्टर जमिनहरू समेत बाझै रहेका छन् ।