१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमती प्रदेश प्रमुखद्वारा प्रदेश सरकार गठनका लागि दलहरुलाई आह्वान


117
Shares

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले यादवचन्द्र शर्माले दलहरुलाई आहृवान गर्नुभएको छ ।

प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकारको मुख्यमन्त्री नियुक्त गर्न ५ दिनको समय सीमा दिएर नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २५ गते सोमबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न भनिएको छ ।

११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक पर्छ । प्रदेशमा हालसम्म कुन पार्टीले नेतृत्व गर्ने टुंगो लागेको छैन । केन्द्रीय सत्ता समीकरण अनुसार प्रदेश सभामा नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) का २१ र राप्रपाका १३ गरी ६१ जना सांसद पुग्छन् ।

बागमती प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ जना सांसद रहेका छन् भने एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा (एकीकृत समाजवादी) का ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।

बागमती प्रदेशमा सातवटा दलको प्रतिनिधित्व रहेको छ ।