
काठमाडौं । सरकारले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ सचिवमा तोयम राया र राजस्व सचिवमा डा. रामप्रसाद घिमिरेलाई ल्याएको छ ।
राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव र घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हुनुहुन्थ्यो । यसअघि अर्थ सचिवमा कृष्णहरि पुष्कर र राजस्व सचिवमा रामेश्वर दंगाल कार्यरत थिए ।
यस्तै, बैठकले राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिनुभएको थियो ।
त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्