
एजेन्सी । हलिउड फिल्म ‘रोमियो जुलिएट’ रिलिज भएको ५५ वर्षपछि उक्त फिल्मका कलाकारले मुद्दा दर्ता गराएका छन् ।
निर्देशक फ्रान्को जेफिरेली र प्यारामाउन्ट पिक्चर्सले सन् १९६८ मा दुई युवा कलाकारलाई लिएर ‘रोमियो एण्ड जुलियट’ नामक फिल्म बनाएका थिए । जुन त्यतिबेलाको निकै सफल फिल्म मानिन्छ ।
उक्त दुई युवा कलाकारले फिल्म निर्माण कम्पनी प्यारामाउण्टविरुद्ध एक नग्न दृश्यप्रति आपत्ति जनाउँदै मुद्दा दर्ता गरेका छन् । यस फिल्मका निर्देशक फ्रान्कोको सन् २०१९ मा निधन भइसकेको छ । तर, उनी र फिल्म निर्माण कम्पनी प्यारामाउण्टलाई ५०० मिलियन डलर भन्दा बढी क्षति पुर्तिको माग गर्दै मुद्दा दर्ता भएको छ ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार फिल्म ‘रोमियो एण्ड जुलिएट’का मुख्य पात्र ओलिभिया हसी र लियोनार्ड ह्वाइटिङले थाहा नै नदी झुट बोलेर फिल्ममा नग्न दृश्य छायांकन गर्न लगाएको आरोप लागाएका छन् ।
फिल्ममा भएको शयनकक्षको एक दृश्यले विवाद समेत उत्पन्न गराएको थियाे । जसमा ह्वाइटिङको नितम्ब र हसीको नांगो स्तनका दृश्य समावेश छ । निर्देशक फ्रान्कोले उक्त दृश्य छायांकनको समय दुवै कलाकारलाई फिल्ममा कुनै नग्नता नभएको र उनीहरूले शयनकक्षको दृश्यमा छाला रंगको अण्डरगार्मेन्ट लगाउने आश्वासन दिएका थिए ।
त्यतिबेला दुवैको उमेर १५ र १६ वर्ष थियो, अहिले दुवै ७१ र ७२ वर्ष पुगिसकेका छन् । दुवै कलाकारले फिल्मका निर्देशक फ्रान्को र प्यारामाउन्ट पिक्चर्सविरुद्ध लस एन्जलस काउन्टी सुपीरियर कोर्टमा यौन शोषण र धोका दिएको आरोप लगाएका छन्।
यसअघि सन् २०१८ मा जुलियटको भूमिका निभाएका हसीले अन्तर्वार्तामा उक्त दृश्यको बचाउ गरेका थिए । यसअघि आफ्नो उमेरका कलाकारले यस्तो काम नगरेको उनले बताए । उनले निर्देशक फ्रान्कोले यो दृश्य निकै उत्कृष्ट ढंगले खिचिएको र फिल्मको कथाको मागअनुसार आवश्यक रहेको भन्दै समर्थन गरेका थिए ।
तर, अहिले दुवै जना आफ्नो उक्त बयानबाट पछि हटिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्