
काठमाडौं । चलचित्र ‘गुञ्जन’को दोस्रो ट्रेलर सार्ववनिक भएको छ ।
पुस २९ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्रको ट्रेलरले प्रेम, बिछोड र बदलाको कथालाई समावेश गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच चलचित्रको दोस्रो ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा चलचित्रका तीन मुख्य कलाकार सारा सिर्पाली, प्रितमराज सेन्चुरी र कबिर खड्कालाई देख्न सकिन्छ । ट्रेलर हेर्दा चलचित्र प्रेमकथामा बनेको सजिलै अनुमान गर्न सकिन्छ । सारा र नव अभिनेता प्रितमराजबीचको सायरी संवाद रोचक छ ।
अष्ट महर्जनको निर्देशन रहेको चलचित्रमा सारा र प्रितम, करिबको अलवा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ ।
विगत २ दशकदेखि चलचित्रको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो निर्देशन डेब्यु चलचित्र हो । एएच इन्टरटेनमेन्ट र हिराकृष्ण शाही फिल्मस्को ब्यानरमा निर्मित यस चलचित्रमा हिराकृष्ण शाही निर्माता रहेका छन् ।
चलचित्रलाई काठमाडौं, पोखरा, जोमसोम र दुबईमा छायांकन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्