२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


सरकारले पूर्णता नपाउँदै सचिवको सरूवा


299
Shares

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायका गरि सात सचिवको सरूवा गरेको छ । सरकारले पूर्णता नपाए पनि सचिवको सरूवाको क्रम थालिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायका सात जना सचिवको सरूवा गरेको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेपछि पहिलोपटक सचिवको सरूवा गरिएको हो ।

सरकारले सचिव सरूवा गर्दा कार्यसम्पादन र विज्ञतालाई केही आधार बनाएको पाइएको छ ।

सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव तोयम रायालाई अर्थ मन्त्रालयको सचिवमा सरूवा गरेको छ । अर्थसचिवमा आएका राया यसअघि अर्थ मन्त्रालय मातहतकै विभिन्न निकायमा रहेर काम गरिसकेका अनुभवी हुन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।