२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पाल्पामा बस दुर्घटना हुँदा ६ को मृत्यु, १५ घाइते


130
Shares

काठमाडौं । रूपन्देहीबाट पाल्पा गईरहेको यात्रुबाहक बस पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, खुर्सानेमा बिहीबार राति दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको खुर्साने गइरहेको बस गन्तव्य पुग्नै लाग्दा बुढीदमार भन्ने स्थानमा दुर्घटना भएको रैनादेवी छहरा गाउँपालिका वडा नं ८ का वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बस दुर्घटना भएको ठाउँ रूपन्देहीको सालझण्डी ढोरपाटन सडकअन्तर्गत पर्छ । दुर्घटनामा केही यात्रु गम्भिर घाइते भएकोले मृतकको संख्या बढ्न सक्ने बताईएको छ ।

मृतक र घाइतेहरू सबै खुर्सानेकै भएको पनि वडाध्यक्षले जानकारी दिनुभयो ।

ग १ ख ४९७७ नम्बरको बस दुर्घटनामा परि झण्डै डेढ दर्जन घाइते भएका छन् । मृतक सबै महिला छन् ।

घाइते भेटिएका १५ जना मध्ये पनि १३ जना महिला र दुईजना पुरुष रहेका छन् ।

बस सडकबाट ५० मिटर तल भिरमा खसेको र रातको समय जंगल क्षेत्रमा दुर्घटना भएकाले समयमा उद्धार हुन नसकेको बताईएको छ ।

घाइतेहरूलाई उपचारका लागि बुटवल पठाइएको छ ।