१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


चलचित्र ‘द आउट ल’ को छायांकन सुरू


39
Shares

काठमाडौं । चलचित्र ‘द आउट ल’को छायांकन सुरू भएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा निर्माण टिमले पूजाआजा गर्दै चलचित्रको शुभमुर्हतसहित छायांकन सुरु गरेको हो ।

अबको ४० दिनभित्र छायांकन सक्ने निर्माण टिमको योजना रहेको छ।

अंगेजी नयाँ वर्षको छेको पारेर चलचित्र निर्माणको घोषणा गरिएको थियो । सोही दिन टिजर र फर्स्टलुक पोस्टरसमेत सार्वजनिक गरिएको थियो ।

रेट्रो ग्रुपको व्यानरमा निर्माण गर्न लागिएको चलचित्रका निर्देशक बिक्की महर्जन हुन् । सुशील श्रेष्ठ, शिक्षा संर्गौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी लगायतका कलाकारको अभिनय रहने चलचित्र पूर्ण एक्सन–थ्रिलर जनरामा निर्माण हुन लागेको हो ।

चलचित्रका कार्यकारी निर्माता विनोद खडायत हुन् । नविन गुरुङले छायांकन गर्ने चलचित्र २ करोड बजेटमा बन्ने अनुमान गरिएको छ।  चलचित्रको प्रदर्शन नयाँ वर्षको दसैँमा गरिने बताइएको छ ।