१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सामन्थाले सुरू गरिन् फिल्म ‘शकुन्तलम’ को डबिङ


221
Shares

एजेन्सी । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु आफ्नो आगामी फिल्म ‘शकुन्तलम’ को डबिङमा व्यस्त छिन् ।

उनको फिल्म १७ फेब्रुअरीमा रिलिजको तयारीमा छ । यसैबीच, जनवरी ५ मा सामन्थाले सामाजिक सञ्जालमा एउटा तस्बिर सेयर गरेकी छिन्, जसमा उनी ‘शकुन्तलम’ को लागि डबिङ गरिरहेकी छिन् ।

‘यशोदा’ फिल्म रिलिज भएपछि सामन्थाको यो पहिलो फिल्म हो । स्वास्थ्य अवस्थामा देखिएको समस्याको कारण उनी फिल्मबाट ब्रेक लिने तयारीमा रहेको भन्दै गर्दा उनले फिल्ममा डबिङको काम भइरहेको तस्बिर सार्वजनिक गरेकी हुन् ।

उनलाई मायोसाइटिस नामको रोग लागेको छ, अहिले उनी सो रोगको उपचारमा लागेकी छन् ।

सामन्थाले ‘शकुन्तलम’ को तस्बिरसँगै पोस्टमा लेखेकी छिन्– ‘संसारमा यो पागलपन, दुःख र हानिको उपचार कला हो । त्यसैले म फेरी काममा फर्किसकेको छु ।’

‘शकुन्तलम’ एक रोमान्टिक ड्रामा फिल्म हो, जसको लेखन तथा निर्देशन गुणाशेखरले गरेका हुन् । फिल्म प्रसिद्ध कवि तथा नाटककार कालिदासको नाटक ‘शकुन्तला’ मा आधारित छ ।

सामन्थाका अलावा दक्षिण भारतीय कलाकार देव मोहन, गौतमी, अदिति बालन र अनन्या नगल्ला पनि सहायक भूमिकामा देखिनेछन् ।

सामन्थाको स्वास्थ्य बिग्रँदै गएका कारण फिल्मबाट ब्रेक लिने खबर धेरै दिनदेखि आइरहेको थियो । यसैबीच, मायोसाइटिसका कारण उनले वरुण धवन अभिनित ‘सिटाडेल’ वेब सिरिजबाट पनि पछि हटेको खबर आएको थियो । तर, अब सामन्थासँग सम्बन्धित स्रोतले फिल्मबाट पछि हटेको खबर झुटो भएको खुलासा गरेको छ ।