२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पाँचथरमा एक जना सुत्केरीको मृत्यु


156
Shares

पाँचथर । पाँचथरमा सुत्केरी भएपछि अत्याधिक रक्त स्राव हुँदा एक जना किशोरीको मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा पाँचथरको कुम्मायक गाउँपालिका-२ माङजावुङकी १९ वर्षीय मनिषा आचार्य रहेकी छन् । उपस्वास्थ्य चौकी माङजावुङका प्रमुख (हेल्थ अशिसटेन्थ) सचिन्द्र मेहताका अनुसार आचार्यलाई सुत्केरी व्यथा लागेपछि बुधबार बिहान १० बजे स्वास्थ्य संस्था ल्याइएको थियो ।

‘भर्ना गरिएको दुई घण्टापछि आचार्यको नर्मल डेलिभरी भएकाे थियाे । केही बेरपछि रक्तस्राव सुरु भएर औषधि दिएपछि ठिक भएकाे थियाे । बुधबार ४ बजे अचानक बेहोस भएपछि थप उपचारका लागि जिल्ला अस्पताल फिदिम लैजाने क्रममा बाटोमा नै आचार्यको मृत्यु भएकाे प्रमुख मेहताले बताउनुभयाे ।

बेहोस भएपछि तत्काल जिल्ला अस्पताल पठाउने गाडी नभेट्दा पनि आचार्यको थप उपचारमा ढिलाई भएको प्रमुख मेहताको भनाइ छ। बुधबार राति ९ बजे जिल्ला अस्पताल ल्याइपुर्याउदा चिकित्सकले आचार्यलाई मृत घोषणा गरेका थिए । आचार्यले जन्माएको बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन् ।

सुत्केरी भएपछि हुने अत्याधिक रक्त स्रावका कारण आचार्यको मृत्यु भएको पाँचथर अस्पतालका डाक्टर बुद्धिबहादुर थापाले जानकारी दिनुभयो ।