१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


फिल्म छायांकनको क्रममा डिप्रेशनमा थिए ऋतिक


1.534k
Shares

एजेन्सी । भारतीय अभिनेता ऋतिक रोशनले हालै एक अन्तर्वातामा आफुलाई फिल्म ‘वार’ को छायांकनको क्रममा डिप्रेशन भएको बताएका छन् ।

उनले सन् २०१९ मा आएको फिल्म ‘वार’ को छायांकनका ​​क्रममा डिप्रेसनसँग लडिरहेको खुलासा गरेका हुन् । यस एक्सन फिल्मको छायांकनको तयारी र आफ्नो मानसिक अवस्था ठिक नभएका कारण उनलाई फिल्मको छायांकन गर्न निकै चुनौतीपूर्ण रहेकाे बताएका छन् ।

भारतीय सञ्चार माध्यामहरुसँग कुरा गर्दै ऋतिकले भने, ‘म निकै हल्का महसुस गरिरहेको थिएँ । म मर्दैछु जस्तो लाग्थ्यो। म फिल्म खेल्नका लागि बिल्कुलै तयार थिइन् । मेरो लागि डिप्रेसनको समयमा फिल्म गर्नु ठूलो चुनौती थियो । तर, मैले यो चुनौतीलाई स्वीकार गरे र फिल्ममा काम गरे ।

फिल्मको छायांकन पछि उनले आफूलाई र आफ्नो जीवनशैलीलाई परिवर्तन गर्न निकै जरुरी भएको महसुस गर्न थालेको बताए ।

एक्सन–थ्रिलरमा बनेको फिल्म ‘वार’ अक्टोबर २०१९ मा रिलिज भएको थियो । यस फिल्ममा ऋतिकको साथमा टाइगर श्राफ र वाणी कपूरको पनि अभिनय रहेको थियो । यो ऋतिकको अहिलेसम्मको सबैभन्दा बढि कमाइ गर्ने फिल्म बनेको थियो ।

ऋतिकको फिल्मको कुरा गर्दा उनी पछिल्लो पटक फिल्म ‘विक्रम वेधा’मा देखिएका थिए । फिल्ममा सैफ अली खान र राधिका आप्टेको पनि अभिनय थियो ।

ऋतिक अब आगामी फिल्म फाइटरमा दीपिका पादुकोण र अनिल कपूरसँग देखिनेछन्। सिद्धार्थ आनन्द द्वारा निर्देशित यो एक्सन फिल्म जनवरी २०२४ मा रिलिज हुनेछ।