१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री दाहालद्वारा पाल्पा बस दुर्घटनाप्रति दु:ख व्यक्त

सार्वजनिक यातायात सुरक्षित र मर्यादित बनाउन अपिल

143
Shares

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहिबार पाल्पामा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूप्रति दु:ख व्यक्त गर्नु भएकाे छ ।

आज शुक्रबार ट्वीट गर्दै उहाँले दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन अपिल समेत गर्नुभएकाे हाे । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस रैनादेवी छहरा गाउँपालिका-८ मधुवन टारीफाँट नजिकै बिहिबार राति दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा १६ जना घाइते भएका थिए । प्रधानमन्त्री दाहालले मृतकका आफन्तहरुप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएकाे छ ।

उहाँले सामाजिक सञ्जाल ट्वीटरमा यस्ताे लेख्नुभएकाे छ: