१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पोखरामा भन्सार कार्यालय स्थापना गर्न सरकारको स्वीकृति


143
Shares

काठमाडौं । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकार प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आयोजनाको प्रभावकारी व्यवस्थापन र आर्थिक लाभको सुनिश्चिताका लागि विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने निर्णय भएको बताउनुभएको हो ।

यसैगरी, बैठकले राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐरी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने समेत निर्णय भएकाे बताउनुभयो ।

बैठकले कम्बोडियामा आगलागीमा परी निधन भएका झापाका निराकार पाण्डेको शव ल्याउनका लागि आर्थिक प्रबन्ध गर्ने निर्णय गरेको जानकारी पनि मन्त्री पौडेलले दिनुभयो ।