
काठमाडाैं । नागरिकता विवादमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दा संवैधानिक इजलासमा पुगेकाे छ ।
उक्त मुद्दाकाे पेसी संवैधानिक इजलासको पहिलो नम्बरमा चढेको सर्वाेच्च प्रशासनले जनाएकाे छ ।
सर्वाेच्च प्रशासनका अनुसार अधिवक्ता रविराज बसौला र युवराज पौडेलले दायर गरेको लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा अन्तरिम आदेश प्रयोजनका लागि शुक्रवार पेसीमा चढेको हो ।
अमेरिकाको नागरिकता र पासपोर्ट लिएकै समयमा नेपालको समेत नागरिकता र पासपोर्ट प्रयोगमा ल्याएको तथा अमेरिकाको नागरिकता त्याग गरेको निस्सा नबुझाई पुरानो नेपाली नागरिकता प्रयोग गरेको भन्दै लामिछाने र उनको सांसद पदसमेत खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।
प्रतिक्रिया दिनुहोस्