१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रवि लामिछानेकाे नागरिकता विवाद मुद्दामा सुनुवाइ जारी


299
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको सवैधानिक इजलासमा सुनुवाइ जारी रहेकाे छ ।

अधिवक्ता रविराज बसौला र युवराज पौडेलले दायर गरेको लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा सुनुवाइ जारी रहेकाे हाे।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा रिट निवेदकको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरुले लामिछानेको नेपाली नागरिकता नभएकाले उहाँको सांसद पद खारेज हुनुपर्ने बताउनुभयाे ।

अहिलेसम्म अधिवक्ता बसौलाले दिएको मुद्दामा सुनुवाइ सकिएको छ भने युवराज पौडेलले दिएको मुद्दामा सुनुवाइ भइरहेको सर्वोच्च प्रशासनले जनाएकाे छ।

यी मुद्दामा सुनुवाइ भइरहेकाले संवैधानिक इजलासले आज अन्य मुद्दाहरू हेर्न नभ्याइनेमा राखेको छ। अहिलेसम्म बहस गरेका रिट निवेदक पक्षका वकिलले लामिछानेले रद्द भइसकेको नेपाली नागरिकता राखेर पासपोर्ट बनाएको, पार्टी दर्ता गरेको र चुनाव लडेको तर्क गर्नु भएकाे छ ।

मङ्सिर २८ गते दर्ता भएको रिटमा पुसको ६ गते पेसी सूचीमा चढ्दा विपक्षीहरूको नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश प्रयोजनका लागि पुस २२ गते (शुक्रवार) छलफलका लागि बोलाएको थियो । बिहीबारसम्म सांसद पदमा रही कामकारबाही नगर्न नगराउन किन अन्तरिम आदेश जारी गर्नु नपर्ने हो सो विषयमा स्पष्ट पार्न लिखित जवाफ बुझाउन भनिएको थियो । बिहीबार अपराह्नसम्म विपक्षी संसद् सचिवालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँले मात्रै लिखित जवाफ पेस गरेका थिए ।