
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दाको बहस सकिएको छ ।
कायममुकायम प्रधानन्यायायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले गृहमन्त्री लामिछानेविरूद्ध परेकाे मुद्दाको सुनुवाइ गरेको हो।
स्राेतका अनुसार दुवै पक्षका वकिलहरूको बहस सुनेपछि निर्णय गर्न अहिले न्यायाधीशहरू छलफलमा जुट्नुभएकाे छ । रिट निवेदकको मागबमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे इजलासले आजै आफ्नो निर्णय सुनाउने छ।
मङ्सिर २८ गते दर्ता भएको रिटमा पुसको ६ गते पेसी सूचीमा चढ्दा विपक्षीहरूको नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश प्रयोजनका लागि पुस २२ गते (शुक्रवार) छलफलका लागि बोलाएको थियो ।
बिहीबारसम्म सांसद पदमा रही कामकारबाही नगर्न नगराउन किन अन्तरिम आदेश जारी गर्नु नपर्ने हो सो विषयमा स्पष्ट पार्न लिखित जवाफ बुझाउन भनिएको थियो । बिहीबार अपराह्नसम्म विपक्षी संसद् सचिवालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँले मात्रै लिखित जवाफ पेस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्