२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सर्वाेच्चद्वारा लामिछाने विरुद्धको नागरिकता विवाद मुद्दामा अन्तरिम आदेश अस्वीकार


1.56k
Shares

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वाेच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँग उपप्रधान एवं गृहमन्त्री लामिछानेको सांसद पद यथावत रहने सुनिश्चित भएकाे छ ।

सर्वोच्च अदालतको यो आदेशसँगै लामिछाने विरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भए पनि तत्कालका लागि उनको सांसद पद यथावत रहने बताइएकाे छ ।

अधिवक्ता रविराज बसौला र युवराज पौडेलले उपप्रधान एवं गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दा दायर गर्नुभएकाे थियाे ।