९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


यस्तो छ सरकारको १८ बुँदे साझा न्यूनतम कार्यक्रमको मस्यौदा


611
Shares

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम लेखन कार्यदलले उच्चस्तरीय संयन्त्रलाई आज मस्यौदा बुझाएको छ ।

शुक्रबार बसेको बैठकबाट १८ बुँदे न्यूनतम साझा कार्यक्रम टुङ्गो लगाएर शीर्ष नेतृत्वलाई मस्यौदा बुझाएको हो ।

न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलका संयोजक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार बसकाे बैठकले मस्यौदालाई अन्तिम रूप दिएर बुझाएको जानकारी दिनुभयाे ।

सरकारको न्यूनतम साझा कार्यक्रमको प्रस्तावित मस्यौदामा भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारबाही अघि बढाउने उल्लेख छ ।