२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

कांग्रेस संसदीय दलको बैठक बस्दै


312
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक शनिबार दिउँसो १ बजेका लागि तय गरिएको छ ।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिँदै गर्दा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न संसदीय दलको बैठक बोलाइएको हो ।

प्रतिनिधि सभाको नयाँ कार्यकालको पहिलो बैठक सोमबार बस्दैछ । त्यसको भोलिपल्ट मंगलबार (पुस २६ गते) प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका छ ।

संसदीय दलको बैठक अघि शुक्रबार कांग्रेस सभापति एवं दलका नेता शेरबहादुर देउवाले पदाधिकारीहरूसँग छलफल गर्नुभएको थियो ।

बैठकमा शनिबार बस्ने संसदीय दलको बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभएको थियो ।