
काठमाडौं । आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि शनिबार संकटा क्लब र अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएबीच खेल हुँदैछ ।
पोखरा रंगशालामा यी दुई टोलीबीचको खेल दिउँसो साढे १ बजे सुरू हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।
संकटाले सेमिफाइनलमा विभागिय क्लव एपीएफ क्लबलाई ४–१ ले हराउँदै फाइनल पुगेको हो । यस्तै, भुटनीजले सेमिफाइनलमा चर्च ब्वाइज युनाईटेडलाई १–० ले हराउँदै फाइनल पुगेको हो ।
शनिबार दुवै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनामा रहेका छन् ।
हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै, विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्