
काठमाडौं । सत्तारुढ पार्टीहरूको कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रमको प्रस्तावित मस्यौदा शनिबार शीर्ष नेताहरूलाई बुझाउने भएको छ ।
नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा रहेको कार्यदलले शुक्रबार अन्तिम रूप दिइएको मस्यौदा शनिबार दिउँसो शीर्ष नेताहरूलाई बुझाउने भएको हो ।
शीर्ष नेताहरूले अनुमोदन गरेपछि न्यूनतम साझा कार्यक्रम लागू हुने कार्यदलले जनाएको छ ।
न्यूनतम साझा कार्यक्रमको मस्यौदामा सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउनेदेखि दुई अंकको आर्थिक वृद्धि हासिल गर्ने प्रतिबद्धता जनाइएको छ ।
कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदामा सार्वजनिक सेवामा टाइम कार्डको व्यवस्थालगायत नागरिकलाई सुविधा दिइने कुरा समेटिएको छ । सेवाग्राहीलाई अहिले भोग्नुपरेको लाइनको सास्तीबाट मुक्त गराउने, सरकारी सेवाहरू अनलाइन प्रणालीमार्फत् उपलब्ध गराउने, सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन टाइम कार्ड प्रणाली लागू गर्ने मस्यौदामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्