
सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लागू औषधसहित एक जनालाई पक्राउ गरेकाे छ ।
कमलामाई नगरपालिका-९ चुरेमा चेकजाँच गर्ने क्रममा मोटसाइकलको डिकीमा राखेर लुकाएर ल्याउदै गरेको अवस्थामा लागूऔषधसहित ३४ वर्षीय शंकर साह कलवारलाई प्रहरीले पक्राउ गरेको हो ।
बिआर ३० एक्स ३५४८ भारतीय नम्बरकाे टिभिएस अपाचे १६० सि.सि.को मोटसाइकलकाे डिकीमा लुकाएर ल्याएको नाइट्राजेपाम सानो-ठूलो गरी जम्मा ३८ पत्तामा ६ सय वटा ट्याबलेट फेला पारेको सिन्धुलीका प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीले बताउनुभयाे ।
कलवार सर्लाहीकाे त्रिभुवन नगरपालिका-२ का स्थानीयवासी भएकाे उहाँले बताउनुभएकाे छ। कलवारकाे अहिले अनुसन्धान भइरहेको उहाँले बताउनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्