
कैलाली । सेती प्रादेशिक अस्पतालले थप सेवा विस्तार गरेको छ ।
थप सेवा विस्तार गरेसँगै सुदूरपश्चिमका अस्पतालमा उपचार सेवा नपाएर बिरामीलाई भारत र अन्य ठाउँमा लैजानु पर्ने बाध्यता समेत हटेको हाे । अस्पतालमा सामान्यदेखि जटिल किसिमको उपचार हुन थालेपछि सुदूरपश्चिमवासीलाई पनि राहत मिलेको छ ।
पछिल्लो समय सेती प्रादेशिक अस्पतालले सिटी स्क्यान मेशिन सञ्चालनमा ल्याएको छ । ७ करोड रुपैयाँको लागतमा अस्पतालले सिटी स्क्यान मेसिन खरिद गरेको हो । दक्ष जनशक्ति अभावमा सञ्चालन नभएको मेसिन अहिले सञ्चालनमा आएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेकाे भनाइ छ ।
प्रादेशिक अस्पतालले नवजात शिशुका लागि सम्पूर्ण उपचार सेवासहित आईसीयू वार्ड पनि सञ्चालन गर्दै आएको छ । अस्पतालमै सेवा उपलब्ध भएपछि नवजात शिशुको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेको छ । अस्पतालले १ सयदेखि १ सय ५० जना नवजात शिशुलाई मासिक सेवा दिइरहेको छ । अस्पतालले डायलायसिस सेवा समेत दिइरहेको छ ।
अस्पतालले नयाँ भवनबाट ओपिडि सेवापनि सञ्चालनमा ल्याउने तयारी थालेको छ ।
प्रतिक्रिया दिनुहोस्