
कपिलवस्तु । तराईमा चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ ।
चिसोबाट बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका हुन् । चिसोबाट सुकुमवासी बस्तीका ज्येष्ठ नागरिक, बालबालिका र गर्भवती महिला समस्मा परेका छन् । कपिलवस्तुका अधिकांश ज्येष्ठ नागरिक शितलहरबाट जोगिन दिनभर आगो ताप्ने गरेका छन् ।
दिनभरी पर्ने तुषारोको कारण आगोकै सहारामा बाँच्ने गरेका छन् । बालबालिका समेत कठ्याङ्ग्रीदो चिसोको कारण विद्यालय जान पाएका छैनन् । चिसोमा पछ्यौराको भरमा रात काट्नु पर्ने बाध्यता यहाँका सुकुम्वासीमा रहेकाे छ । चिसोको कारण खेतबारीमा काम गर्न जाने अवस्था छैन् ।
काम गरेर पेट पाल्न नै धौधौ भएकाे बेला लुगा किन्न समस्या भएको पिलवस्तु–५ कोटिहवाका स्थानीयवासीहरू बताउँछन् । जिल्ला प्रशासन कार्यालयले चिसोबाट विपन्न परिवारलाई जोगाउन योजना बनाउने निर्णय गरेपनि कार्यान्वयन गरेको छैन ।
प्रतिक्रिया दिनुहोस्