१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कांग्रेसले प्रधानमन्त्री पद बाँड्दै हिँडेको ओलीको आरोप


468
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दल नेपाली कांग्रेस पुस २६ गते सरकारले विश्वास प्राप्त गर्न नसकोस् भन्दै जोडले लागेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाका नवनिर्वाचित पार्टी सांसदहरुको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले सरकारलाई विश्वासको मत पाउनबाट रोक्न कांग्रेसले प्रधानमन्त्रीको पद बाँड्दै हिँडेको आरोप लगाउनुभयो । सत्ता आउँछ कि भनेर कांग्रेस आगामी ५ वर्ष सरकार ढाल्ने खेलमा मात्रै लाग्ने ओलीको जिकिर छ ।

अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राजनीति नै नभएको गतिविधिमा संलग्न भइरहेको आरोप लगाउनुभयो । कांग्रेस, एमाले र जनता समाजवादी पार्टीसंग वार्ता गरेर एकीकृत समाजवादीले कस्तो राजनीति गरिरहेको हो भनी ओलीले प्रश्न गर्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले सरकार निर्माणमा छिमेकी देशले अनावश्यक चासो राखेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । सरकार गठन गर्नु नेपाली स्वाधिनताका लागि महत्वपूर्ण भएको जिकिर गर्दै ओलीले सरकार गठनका क्रममा विभिन्न कूटनीतिक मान्यता विपरीतका कार्य भएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले नेकपा विभाजन नभएको भए आमनिर्वाचनमा दुई तिहाइ बहुमत ल्याउने दाबी गर्नुभयो ।