२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


वामपन्थी एकताका लागि माओवादीले बनायो कार्यदल


195
Shares

काठमाडाैं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले वामपन्थी पार्टी र समूहबीच एकताका लागि वार्ता र छलफल गर्न कार्यदल गठन गरेको छ ।

पार्टी पदाधिकारीको शनिवार बसेको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा महासचिव देव गुरुङसहित जनार्दन शर्मा,शक्ति बस्नेत र गिरिराजमणी पोखरेल सदस्य रहनुभएको छ ।

कार्यदलले नेकपा एकीकृत समाजवादीसहितका दलसँग छलफल गर्ने बताइएको छ । यसअघि नेकपा एस र जसपाले पनि कार्यदल गठन गरेका थिए ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पनि एकताको लागि माओवादी केन्द्रले छलफल गरेको छ । नेसपाले माओवादीकै चुनाव चिन्हबाट भाग लिएको थियो ।