१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तराईमा हुस्सु-कुहिरो र शितलहरले जनजीवन कष्टकर


91
Shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

आइतबार बिहान देशका पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । साथै पश्चिम र मध्य तराईका केही भू-भागहरूमा भने हुस्सु-कुहिरो र शितलहर लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो भने प्रदेश-१, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा भने आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागहरूमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, बिहानीपख तराईका अधिकांश भू-भागहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।

आइतबार राति भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।