१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


लिभरपुल वुल्भरह्याम्पटनसँग रोकियो बराबरीमा


156
Shares

काठमाडौं । लिभरपुल र वुल्भरह्याम्पटनले एफए कप फुटबलको तेस्रो चरणको खेलमा बराबरी खेलेका छन् ।

शनिबार राति लिभरपुलको एन्फील्ड मैदान भएको खेलमा लिभरपुल र वुल्भरह्याम्पटनले २–२ को बराबरी खेलेका हुन् ।

लिभरपुलका डार्विन नुनेज र मोहम्मद सलाहले गोल गर्दा वुल्भरह्याम्प्टनका गोन्कालो गुइडेस र ही चान ह्वाङले गोल गरे ।

खेलको २६ औं मिनेटमा गुइडेसले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा वुल्भरह्याम्प्टनका नुनेजले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । ५२ औं मिनेटमा सलाहको गोलबाट लिभरपुलले खेलमा २–१ को अग्रता लियो । त्यसपछि, ६६ औं मिनेटमा वुल्भरह्याम्प्टनका ही चान ह्वाङले गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल नभएपछि खेल बराबरीमा सकिएको छ ।

खेल बराबरीमा रोकिएपछि लिभरपुल र वुल्भरह्याम्प्टनले अब एफ.ए कप तेस्रो चरणको खेल पुनः खेल्नुपर्ने भएको छ ।