
काठमाडौं । गुल्मीको नवनिर्मित रेसुङ्गा विमानस्थलमा आइतबार परीक्षण उडान गरिने भएको छ ।
काठमाडौंबाट जाने तारा एयरको विमानले आइतबार बिहान ११ बजे रेसुङ्गा विमानस्थलमा अवतरण गरी उडान परीक्षण गर्ने कार्यक्रम तय भएको छ ।
रेसुङ्गा नगरपालिकाको वडा नम्बर १० को सिमिचौरमा विमानस्थलको निर्माण सम्पन्न भएको लामो समयपछि परीक्षण उडान गर्न लागिएको हो ।
यसअघि २०७५ सालको जेठमा कच्ची धावनमार्गमा तारा एयरको विमानले परीक्षण उडान गरेकोमा अहिले धावन मार्ग पक्की बनाईपछि पुनः परीक्षण उडान गर्न लागिएको हो ।
काठमाडौंबाट ५० मिनेटको उडानमा रेसुङ्गा विमानस्थल पुग्न सकिने अनुमान गरिएको छ ।
गुल्मीबाट निर्वाचित सांसदद्वय चन्द्र भण्डारी र गोकर्ण विष्ट, एमाले नेता प्रदीप ज्ञवालीलगायतका नेताहरु पनि काठमाडौंबाट पहिलो उडानमा जाने भएका छन् ।
विमानस्थलसम्म पुग्ने सडक मार्गको पनि निर्माण सम्पन्न भईसकेको छ । ३७ करोड रुपैयाँको लागतमा निर्माण गरिएको विमानस्थलबाट ब्यावसायिक उडान कत्तिको हुन्छ भन्नेमा भने अझै आशंका छ ।
प्रतिक्रिया दिनुहोस्