
फाइल तस्विर
काठमाडौं । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे संक्रान्ति मेलालाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडक खण्डमा दुई दिन दिनभर सडक खुला गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले माघे संक्रान्ति मेलालाई लक्षित गरी पुस ३० गते शनिबार र माघ १ गते आइतबार सडक खुल्ला गरिने जनाएको छ ।
हाल पुल निर्माणका लागि सो सडकखण्ड दिउँसो ११ बजेदेखि ३ बजेसम्म बन्द गरिँदै आएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ती दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको काम स्थगन गरिने छ ।
माघे संक्रान्तिमा देवघाटमा स्नान गर्न देशैभरबाट भक्तजन जाने गर्दछन् । यो वर्ष पाँच लाख भक्तजन देवघाट पुग्ने अपेक्षा देवघाट क्षेत्र विकास समितिको छ ।
प्रतिक्रिया दिनुहोस्