
काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख २ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार एक हजार रूपैयाँले बढेर एक लाख ३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख २ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य आइतबार १५ रूपैयाँले बढेर १ हजार ३८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्